काठमाडौँ । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल विरुद्ध बलात्कार अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
मल्लविरुद्ध एक महिलाको जाहेरीका आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । ती महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन् । गीत गाउने क्रमका सिलसिलामा चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको ती महिलाको भनाइ छ ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया