काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओली ले गृहमन्त्री सुधन गुरुङ ले आफूमाथि लागेका आरोपबारे सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणप्रति आपत्ति जनाएकी छन्। उनले गृहमन्त्रीले राजीनामा दिँदै मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएकी छन्।

सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद ओलीले गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले गम्भीर आरोपहरूको जवाफ सामाजिक सञ्जालमार्फत दिनु विधिसम्मत प्रक्रियालाई कमजोर बनाउनुका साथै संस्थागत विश्वसनीयतामाथि आघात पुर्‍याउने कार्य भएको बताइन्।

advertisement

उनले सामाजिक सञ्जालमा लेखेकै आधारमा निर्दोष ठहरिने अभ्यास स्वीकार्य भए भविष्यमा सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी मुद्दामा परेका व्यक्तिहरूले पनि सोही तरिका अपनाउने खतरा रहने तर्क गरिन्। “यदि यस्तो अभ्यास मान्य हुने हो भने सबैले सामाजिक सञ्जालमै आफू निर्दोष भएको दाबी गर्न थाल्नेछन्,” भन्दै उनले यसलाई केवल व्यक्तिगत अभिव्यक्ति नभई संस्थागत मर्यादासँग जोडिएको विषय भएको उल्लेख गरिन्।

कानुनी सिद्धान्तअनुसार कुनै पनि व्यक्ति आफ्नो मुद्दामा स्वयं न्यायाधीश हुन नसक्ने स्मरण गराउँदै सांसद ओलीले पारदर्शिता, उत्तरदायित्व र जनविश्वास कायम राख्न गृहमन्त्रीले तत्काल पदबाट अलग भई स्वतन्त्र छानबिन सामना गर्नुपर्ने माग गरिन्। साथै, निर्दोष प्रमाणित भएपछि मात्रै पुनः जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने धारणा राखिन्।

गृहमन्त्रीले ‘पार्टीको निर्णय पूर्ण रूपमा पालना गर्ने’ भनेको सन्दर्भमा उनले टिप्पणी गर्दै भनिन्, “गृहमन्त्री पार्टीको निर्णयले होइन, राज्यको आधिकारिक संयन्त्रबाट सञ्चालन हुनुपर्छ। आफैं संयन्त्रको नेतृत्व गर्ने र अनुसन्धानमा सहयोग गर्छु भन्नु विरोधाभासपूर्ण कुरा हो।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com