काठमाडौं । यूएईविरुद्धको टी–२०आई सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल अवरुद्ध भएपछि डिएल मेथडमार्फत यूएईलाई १० ओभरमा ७८ रनको लक्ष्य दिइएको थियो।

उक्त लक्ष्य यूएईले ७ बल बाँकी रहँदा ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो। यूएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए भने अलीशान शराफूले १८ रन जोडे। नेपालका लागि बलिङमा सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए।

advertisement

यसअघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रनमा अविजित रहे भने सन्दीप लामिछाने २ रनमा नटआउट थिए।

नेपालका अन्य ब्याटरहरूमा कुशल भुर्तेलले १६, अर्जुन साउदले १३, सन्दीप जोराले ६, कुशल मल्लले १७, बसिर अहमदले १४, गुल्सन झाले १ र नन्दन यादवले १३ रन बनाए।

यूएईका लागि मुहम्मद जुहेबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे। साएद हैदर र मुहम्मद अरफानले समान १–१ विकेट लिए। अब नेपाल र यूएईबीचको दोस्रो टी–२०आई खेल मंगलबार हुनेछ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com