काठमाडौं । कञ्चनपुरमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ।

सोमबार राति पुर्नवास नगरपालिका-५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरको हत्या भएको प्रहरीले जनाएको छ।

advertisement

बिहेमा गएका बेला दुई समूहबीच विवाद हुँदा सायरमाथि धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए।

उनका अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएका सायरको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनीमाथि हतियार प्रहार गरेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com