काठमाडौं। उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रामध्ये एक रातो मछिन्द्रनाथ जात्रा आज (मंगलबार)देखि सुरु हुँदैछ।
प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म सञ्चालन हुने यो जात्रा आजबाट औपचारिक रूपमा प्रारम्भ हुन लागेको हो।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ को मूर्तिलाई रथारोहण गराएर जात्राको सुरुआत गरिन्छ।
परम्पराअनुसार ललितपुरको तस्बहाल बाट मूर्ति निकालेर खटमा राखी पुल्चोक मा निर्माण गरिएको रथमा विराजमान गराएपछि जात्रा विधिवत सुरु भएको मानिन्छ।
नेवार समुदायको प्रमुख सांस्कृतिक पर्वका रूपमा रहेको यस जात्रामा हजारौँ श्रद्धालु तथा दर्शकको सहभागिता रहने गर्दछ।
मौसम अनुकूल होस्, वर्षा समयमै होस् र कृषि उत्पादन राम्रो होस् भन्ने कामनासहित यो जात्रा मनाउने परम्परा रहँदै आएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया