काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पछिल्ला विवादका कारण गृहमन्त्रीले पद त्याग गर्नु उपयुक्त हुने बताएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्री सुधन गुरुङ सँग जोडिएका विषयहरू बारम्बार सार्वजनिक भइरहेकाले यसले सरकारप्रति प्रश्न उठाएको बताए।
पत्रकारको जिज्ञासामा प्रतिक्रिया दिँदै उनले भने, ‘नयाँ–नयाँ विषयहरू लगातार बाहिर आइरहेका छन्, हप्तामा दुई–तीन पटकसम्म सुनिन्छ। यस्तो अवस्थामा उहाँले मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ।’
साम्पाङले सुशासन कायम गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरे।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया