काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदमार्फत जिम्मेवारी तोकेको छ।
पार्टीले विभिन्न प्रदेशका सम्बन्धित क्षेत्रमा समन्वय र समस्या समाधानका लागि सांसदहरूलाई खटाएको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा २ जना, बागमतीमा २ जना, गण्डकीमा ३ जना, लुम्बिनीमा ५ जना, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना सांसदलाई जिम्मेवारी दिइएको छ।
तोकिने सांसदहरूले सम्बन्धित क्षेत्रका समसामयिक समस्या पहिचान गर्ने, स्थानीय तहसँग समन्वय गर्ने तथा आवश्यक पहल गर्ने जिम्मेवारी निर्वाह गर्ने बताइएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया