काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।

विवादास्पद व्यापारी दीपक भट्ट समूहसँग जोडिएको लगानी रहेको लघुबीमा कम्पनीको संस्थापक सेयरबारे प्रश्न उठेपछि गृहमन्त्री गुरुङ पछिल्ला दिनहरूमा विवादमा परेका छन्। सोही विषयलाई लिएर उनको राजीनामा माग गर्दै आलोचना समेत भइरहेको छ।

advertisement

गुरुङले सामाजिक सञ्जालमार्फत लघुबीमा कम्पनीमा गरिएको सेयर लगानीबारे स्पष्टीकरण दिँदै उक्त सेयर ऋणमार्फत लिएको दाबी गरेका छन्। तर, उनले सम्पत्ति विवरणमा उक्त विवरण नखुलाएको भन्दै थप प्रश्न उठिरहेका छन्।

चैत १३ गते गृहमन्त्री पदमा नियुक्त भएका गुरुङ सार्वजनिक आलोचना तीव्र भएपछि पार्टी सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com