काठमाडौँ । प्रतिनिधि सभा ले एक महिनासम्म सभाले कार्यसम्पादन गर्ने विषयको कार्यतालिका बनाउन सक्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले एक महिनासम्मको कार्यतालिका तयार पारेर प्रकाशन गर्न सक्ने व्यवस्था गरेको हो।

नियमावलीको मस्यौदा केही बेरमा समितिले सभामुख डोलप्रसाद अर्याल लाई बुझाउने तयारी गरिरहेको छ ।

मस्यौदाको दफा १२ (४) मा एक महिनासम्मको कार्यतालिका बनाउन सक्ने व्यवस्था गरिएको छ । दफा १२ को दैनिक कार्यसूची शीर्षकको उपदफा (४) मा लेखिएको छ, ‘सभाले सुव्यवस्थित ढङ्गले कार्यसम्पादन गर्ने सम्बन्धमा एक महिना सम्मको कार्यतलिका बनाइ प्रकाशन गर्न सक्नेछ।

यसअघिको प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ मा यो व्यवस्था थिएन।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com