काठमाडौं। जेडी भान्स मंगलबार पाकिस्तान प्रस्थान गर्ने तयारीमा रहेका छन्। अमेरिकी मिडियाहरूका अनुसार उनी आज वा मंगलबार बिहानसम्ममा अमेरिका छोड्नेछन्।
समाचार संस्था एक्सियोस ले तीन अमेरिकी स्रोतलाई उद्धृत गर्दै भान्सको पाकिस्तान भ्रमण पुष्टि गरेको छ।
त्यस्तै, सीएनएन का अनुसार अमेरिका र इरानबीचको दोस्रो चरणको वार्ता बुधबार पाकिस्तानको राजधानी इस्लामावाद मा हुने तय भएको छ।
तर इरान ले उक्त वार्तामा आफ्नो सहभागिता अझै औपचारिक रूपमा स्पष्ट गरेको छैन, जसले कूटनीतिक प्रक्रिया अनिश्चित बनाएको छ।
यसैबीच, डोनाल्ड ट्रम्प प्रशासनले साझा गरेको सन्देशमा सम्भावित सम्झौताले मध्यपूर्वदेखि युरोप र अमेरिकासम्म शान्ति र सुरक्षा सुनिश्चित गर्न सक्ने दाबी गरिएको छ।
ट्रम्पले आफ्नो सन्देशमा सम्झौताले क्षेत्रीय स्थिरता कायम गर्न मद्दत गर्ने उल्लेख गरेका छन्।
पाकिस्तानको मध्यस्थतामा हुन लागेको भनिएको यो वार्ता इरान–अमेरिका तनाव कम गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
तर दुवै पक्षको अस्पष्ट अडानका कारण वार्ताको वास्तविक प्रारम्भ अझै अनिश्चित छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया