काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार आज दिउँसो च्यासलमा हुने ७७ औँ स्थापना दिवसको कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। उनको सम्बोधनमा समसामयिक राजनीतिक अवस्था र एमालेको आगामी कार्यदिशा लगायतका विषय समेटिने एक नेताले जानकारी दिएका छन्।
चैत १४ गते सरकारले गिरफ्तार गरेका ओली चैत २६ गते रिहा भएका थिए। पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेपछि वैशाख ५ गते घर फर्किएका उनी हाल स्वास्थ्य लाभ गरिरहेका छन्। स्वास्थ्य अवस्थाका बीच पनि उनी पार्टी स्थापना दिवसका अवसरमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्।
कार्यक्रममा काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्रीय पदाधिकारी, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय सदस्य तथा शुभेच्छुकहरुलाई सहभागिताका लागि आग्रह गरिएको छ।
नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया