काठमाडौं । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पुनर्वास नगरपालिका–५ भानुबस्तीमा १८ वर्षीय उज्जल सायरमाथि चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–५ का २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापा रहेका छन्। प्रहरीका अनुसार दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भएको बेला उनीहरूले सायरमाथि धारिलो हतियार प्रहार गरेका थिए।
गम्भीर घाइते भएका सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया