काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनी संलग्न कम्पनीमा आफ्नो सेयर रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ चौतर्फी आलोचनामा परेका छन्। यही विषयमा उत्पन्न परिस्थितिबारे प्रधानमन्त्रीसँग छलफल गर्न उनी कार्यालय पुगेका हुन्।
उक्त प्रकरणलाई लिएर गृहमन्त्री गुरुङमाथि पदबाट राजीनामा दिनुपर्ने दबाब समेत बढ्दै गएको छ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया