काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

आजबाट गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा यस्तो निर्देशन दिएका हुन् ।

advertisement

बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट गर्न भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

बालेन्द्र शाह महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेलमा सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन ।

अहिले उनी प्रधानमन्त्री भएर आएपछि फेरि अतिक्रमित गरेर बसेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई नै निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com