काठमाडौं । खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ।
गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित विष्ट टाउकाको क्यान्सरबाट पीडित थिए।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका विष्टको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले एक दिन शोक बिदा दिने र आधा झण्डा झुकाउने जानकारी दिएका छन्।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार












प्रतिक्रिया