काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।
यो अधिवेशन मुख्य रूपमा आगामी बजेटसँग सम्बन्धित विषयमा केन्द्रित रहनेछ ।
यसअघि चैत १८ गते राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेका थिए । अब बोलाइएको अधिवेशन बजेट केन्द्रित हुने बताइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार












प्रतिक्रिया