वासिङ्टन डीसी। अमेरिकी सिनेट ले डोनाल्ड ट्रम्प को इरानमाथि सैन्य कारबाही गर्ने अधिकार सीमित गर्ने प्रस्ताव पुनः अस्वीकृत गरेको छ।

यससँगै उक्त प्रस्ताव यस वर्ष पाँचौँ पटक असफल भएको हो।

advertisement

प्रस्तावमा भविष्यमा इरान विरुद्ध कुनै पनि सैन्य कदम चाल्नुअघि राष्ट्रपतिले कंग्रेसको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

तर मतदानमा ४६ मत पक्षमा र ५१ मत विपक्षमा परेपछि प्रस्ताव खारेज भयो।

मतदानमा डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले रिपब्लिकनहरूसँग मिलेर प्रस्तावको विपक्षमा मतदान गरे भने रिपब्लिकन सिनेटर र्यान्ड पलले डेमोक्रेटतर्फ लाग्दै प्रस्तावको समर्थन गरेका थिए।

सिनेटका अल्पसंख्यक नेता चक शमरले आगामी दिनमा पनि युद्धसम्बन्धी अधिकार सीमित गर्ने प्रस्तावलाई नियमित रूपमा अघि बढाइने बताएका छन्।

यस्तै, केही रिपब्लिकन सांसदहरूले इरान युद्ध ६० दिनभन्दा बढी लम्बिएमा सैन्य कारबाही स्वीकृत गर्ने विषयमा मतदान हुन सक्ने संकेत दिएका छन्।

तर हालका लागि यस्तो प्रस्ताव पारित हुने सम्भावना न्यून रहेको सिनेट नेतृत्वले जनाएको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com