काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले आफूविरुद्ध प्रकाशित भएको भ्रामक तथा तथ्यहीन समाचारको विरोध गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिलाई तोडमोड गरी गलत अर्थमा प्रस्तुत गरिएको भन्दै उनले कानुनी प्रक्रियामा जाने निर्णय लिएको बताएका छन्। कर्णका अनुसार आफूले नबोलेका कुरा समेत जोडेर सार्वजनिक गरिएको सामग्रीले आफ्नो चरित्रमाथि आघात पुर्‍याएको छ।

advertisement

उजुरीपछि प्रतिक्रिया दिँदै उनले नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै आफू पनि त्यसै मूल्यमा प्रतिबद्ध रहेको स्पष्ट पारे। तर, गलत सूचना फैलाएर व्यक्तिको प्रतिष्ठामाथि आक्रमण गर्नु प्रेस स्वतन्त्रताको दायराभित्र नपर्ने उनको धारणा थियो। ‘प्रेस स्वतन्त्रता जिम्मेवारीसहितको स्वतन्त्रता हो,’ उनले भने।

यसैक्रममा, प्रधानमन्त्रीसँग आफूले उठाएको प्रश्नलाई समेत विकृत रूपमा प्रस्तुत गरिएको भन्दै कर्णले आपत्ति जनाएका छन्। उनले समान कानुनी मापदण्डको विषयमा प्रश्न उठाएको प्रष्ट पार्दै ‘बालुवाटार जलाउने धम्की दिएको’ भन्ने आरोप निराधार रहेको बताएका छन्। यदि त्यस्तो कुनै प्रमाण भए आफू कानुनी कारबाही भोग्न तयार रहेको उनले बताएका छन्।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com