काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको निलम्बन २१ जेठभित्र फुकुवा गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गर्दै पत्राचार गरेको छ।

गत चैत ११ गते राखेपले एन्फाले दिएको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै संघलाई निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति फिफाले आपत्ति जनाउँदै एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गरेको छ।

advertisement

फिफाले अप्रिल ४ मा पठाएको पत्रमा उक्त निलम्बन फिफा विधानका दफा १४, १९ तथा एसियाली फुटबल महासंघ (एएफसी) को दफा १५ विपरीत रहेको उल्लेख छ। ती प्रावधानहरूअनुसार सदस्य संघहरूले कुनै पनि बाह्य हस्तक्षेपबिना स्वतन्त्र रूपमा आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने व्यवस्था छ।

त्यसपछि अप्रिल २२ मा पुनः पत्राचार गर्दै फिफाले निलम्बन फिर्ता लिने प्रक्रियामा अघि बढ्न राखेपलाई औपचारिक आग्रह गरेको हो। पत्रमा ‘एन्फामाथिको प्रतिबन्ध फिर्ता लिन आवश्यक कदम चाल्न’ भनिएको छ।

साथै, फिफाले उठाएका विषयवस्तुहरू सम्बोधन भए वा नभएकोबारे जानकारी दिन राखेप र एन्फा दुवैलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com