काठमाडौं । दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुकुम्वासी बस्ती हटाउने विषयमा आफूहरू अनभिज्ञ रहेको जनाएको छ। वैशाख १२ गतेदेखि बस्तीमा डोजर प्रयोग गर्ने तयारी भइरहेका बेला सत्तारूढ दलकै यस्तो अभिव्यक्ति आएको हो।

रास्वपा प्रवक्ता मनिष झाले सुकुम्वासी बस्ती व्यवस्थापनसम्बन्धी निर्णयबारे सरकारसँगै स्पष्टता खोज्नुपर्ने बताएका छन्। उक्त विषयमा पार्टीभित्र छलफल भएको छ कि छैन भन्ने जिज्ञासामा उनले सरकारका प्रवक्तासँग सोध्न आग्रह गर्दै पार्टीको औपचारिक धारणा सार्वजनिक गरेनन्।

advertisement

यसअघि, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमै पुगेर जबर्जस्ती हटाउने प्रयास भए आफू अग्रपंक्तिमा उभिने प्रतिबद्धता जनाएका थिए।

तर, अहिले सरकारले बस्ती हटाउने तयारी अघि बढाएपछि प्रभावित सुकुम्वासीहरू विरोधमा उत्रिएका छन्। उनीहरूले लामिछानेलाई आफ्नो प्रतिबद्धता सम्झाउँदै प्रत्यक्ष रूपमा साथ दिन आग्रह गरिरहेका छन्।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com