काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले चार बुँदे माग प्रस्तुत गर्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएको छ।

मोर्चाका महासचिव अर्जुन कुँवरले सरकारद्वारा भूमिहीन तथा सुकुम्बासी बस्तीलाई जबर्जस्ती विस्थापन गर्ने तयारीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदम तत्काल रोक्न आग्रह गरेका छन्।

advertisement

सुकुम्बासी मोर्चाले जारी गरेको मागपत्रमा जबर्जस्ती हटाउने सूचना तुरुन्त फिर्ता लिन, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्न, विगतमा भएका त्रुटिपूर्ण प्रमाणीकरण र व्यवस्थापन सच्याउन तथा सरकारको १०० दिने कार्यसूचीको ९१औँ बुँदाअनुसार प्रक्रिया अघि बढाउन माग गरिएको छ।

त्यसैगरी, भूमि र आवासको अधिकारलाई नागरिकको मौलिक तथा संवैधानिक अधिकारका रूपमा सुनिश्चित गर्न पनि मोर्चाले जोड दिएको छ।

यसैबीच, प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भोलिदेखि सुकुम्बासी बस्तीमा डोजर परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com