पोखरा । कास्की जिल्लाको पोखरामा ठूलो मात्रामा लागूऔषध र नगदसहित एक महिला पक्राउ परेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–११, फूलबारी क्षेत्रबाट २७ वर्षीया मन्दिरा मगरलाई पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा गरिएको छापामारीका क्रममा उनको कोठाबाट ब्राउन सुगर र नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

advertisement

प्रहरीका अनुसार पक्राउ परेकी महिलाको साथबाट १०२.३७ ग्राम ब्राउन सुगर र ९ लाख रुपैयाँ नगद बरामद भएको छ। साथै लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु र मोबाइल फोन पनि फेला परेको बताइएको छ।

उनको स्थायी घर लमजुङको मध्य नेपाल नगरपालिका–६ रहेको र हाल उनी पोखरामा डेरा गरी बस्दै आएको खुलेको छ। प्रहरीका अनुसार बरामद भएका सबै सामग्री उनको कोठाबाटै भेटिएका हुन्।

कास्की प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेले लागूऔषधको बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा छापामारी गरिएको जानकारी दिएका छन्।

बरामद गरिएको लागूऔषध र नगद परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलालाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीले यो घटनालाई लागूऔषध कारोबारविरुद्धको अभियानअन्तर्गतको महत्वपूर्ण सफलता भएको जनाएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com