काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुरका लागि उड्न तयारी अवस्थामा रहेको बुद्ध एयरको एक विमानमा अनौठो घटना भएको छ। विमानको झ्यालको सिसा खसेपछि निर्धारित उडान रोकिएको हो।

शुक्रबार  दिउँसो १२ बजेर २० मिनेटमा उडानका लागि तयारी भइरहेको अवस्थामा यात्रुले आपत्कालीन ढोका खोल्ने क्रममा झ्यालको सिसा खसेको बताइएको छ।

advertisement

घटनापछि विमानको उडान तत्काल रोकिएको र यात्रुहरूलाई अर्को विमानमार्फत भरतपुर पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्।

बुद्ध एयरले भने यसलाई सामान्य प्राविधिक अवस्था भएको जनाएको छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्तोषकुमार बस्नेतले घटनाबारे एयरलाइन्ससँग स्पष्टीकरण माग गरिएको बताएका छन्।

यस घटनाको थप छानबिन भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com