काठमाडौं । थापाथलीसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमा बसोबास गरिरहेका नागरिकहरूको व्यवस्थापनका लागि तयारी सुरु गरिएको छ।

सरकारले सुकुम्बासी बस्ती हटाउने तयारी अघि बढाएसँगै काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको अस्थायी बसोबासको व्यवस्था मिलाउने प्रक्रिया थालेका हुन्।

advertisement

योजनाअनुसार विस्थापित हुन सक्ने नागरिकहरूलाई प्रारम्भिक रूपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिने तयारी गरिएको छ। त्यहाँ उनीहरूको पहिचान तथा स्क्रिनिङ गरेपछि सम्बन्धित अस्थायी बसोबास स्थलमा पठाइने एक उच्च महानगर अधिकारीले जानकारी दिएका छन्।

स्रोतका अनुसार काठमाडौंभित्रै अस्थायी बसोबासका लागि तीन स्थान पहिचान गरिएको भए पनि सुरक्षा संवेदनशीलताका कारण ती स्थान सार्वजनिक नगरिएको बताइएको छ।

यसैबीच, काठमाडौं महानगरपालिकामा सुकुम्बासी व्यवस्थापन र सुरक्षासम्बन्धी विषयमा छलफल गर्न आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ। एक वडाध्यक्षका अनुसार बैठक जारी रहँदा यसअघिका बैठकहरूजस्तो प्रत्यक्ष प्रसारण भने गरिएको छैन।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com