काठमाडौं। नेपाली सेना ले पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आफ्ना विषयमा फैलाइएका भ्रामक र आधारहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रक्षा मन्त्रालयअन्तर्गतको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सेनाले तथ्यहीन सूचना तथा अभिव्यक्तिले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले यस्ता सामग्री प्रसारण नगर्न तथा नगराउन आग्रह गरेको हो।

advertisement

सेनाले यस्ता गतिविधिहरूलाई गैरजिम्मेवार र समाजमा अराजकता फैलाउने प्रकृतिको भन्दै त्यसप्रति सतर्क रहन सबैलाई अनुरोध गरेको छ।

साथै, यस्ता भ्रामक सामग्री फैलाउने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिएको छ।

विज्ञप्तिमा नेपाली सेना तथा सम्बन्धित निकायहरूले यस्ता उच्छृङ्खल र अराजक गतिविधिहरूको निरन्तर निगरानी गरिरहेको उल्लेख गरिएको छ।

त्यस्तै, सेनाले आम जनसमुदायलाई आधारहीन समाचार र टिकाटिप्पणीमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक जानकारीका लागि नेपाली सेनाबाट जारी गरिएका प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत प्रकाशित सूचनामात्रै अनुसरण गर्न अनुरोध गरेको छ।

साथै, आवश्यक जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com