काठमाडौं । पुर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी बोलपत्र प्रणालीमा अनधिकृत पहुँच राखी ठेक्का आफ्नो कम्पनीतर्फ पारिएको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्षसमेत रहेका पाण्डे कालिका कन्स्ट्रक्सन का सञ्चालक हुन्। यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सिक्टा सिँचाइ आयोजना मा भएको भनिएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध २०७५ सालमै मुद्दा दायर गरेको थियो।
पाण्डे २०७९ सालमा सहरी विकास मन्त्री भएका थिए।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया