काठमाडौँ । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया, गुलरिया नगरपालिका–१ का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

advertisement

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार तनहुँको देवघाट गाउँपालिका–५, सेतीभतेरी टोलका ३६ वर्षीय रोहित उर्फ कृष्ण तामाङलाई गाँजा र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने विभिन्न औषधिसहित नियन्त्रणमा लिइएको छ । उनको घर खानतलासी गर्दा जरायोका सिङ र गैंडाको छाला समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनसहित तीन जनालाई शुक्रबार नै पक्राउ गरिएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com