काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
शनिबार प्रदेश प्रमुख निवासमा भएको उक्त भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा मुख्यमन्त्री शाहले प्रदेश सभाको आठौं अधिवेशन आह्वान गर्ने विषयमा पनि प्रदेश प्रमुखसँग परामर्श गरेका थिए।
सचिवालयका अनुसार उनले आगामी वैशाख १७ गते बिहीबार अपराह्न ४ बजेका लागि प्रदेश सभाको अधिवेशन बोलाउन औपचारिक सिफारिससमेत गरेका छन्।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार













प्रतिक्रिया