काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति कडा आलोचना गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले यस विषयलाई व्यक्तिगत अहंकारको रूपमा लिएको आरोपसमेत लगाएका छन्।

भिडियो सन्देशमार्फत प्रतिक्रिया दिँदै साम्पाङले, काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापनमा असफल भएका शाह अहिले सुकुमवासी बस्ती हटाउनेतर्फ केन्द्रित भएको टिप्पणी गरेका छन्। उनका अनुसार सरकारले सुकुमवासीलाई समेत “फोहोर” जस्तै व्यवहार गरिरहेको छ।

advertisement

हर्क साम्पाङले विगतमा चुनावमा मत दिएका नागरिक अहिले विस्थापित हुन बाध्य भएको अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले देशभर नै सुकुमवासी बस्ती हटाउने अभियान विस्तार हुन सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।

चुपचाप घन्टीमा छाप भन्दै भोट हाल्नेहरूले अहिले चुपचाप कुम्लो–बोक टाप भन्ने अवस्था आएको टिप्पणी गरे।

उनले सुकुमवासीहरूको वास्तविक पीडा र दुःखलाई बेवास्ता गरिएको आरोप लगाउँदै, उनीहरूलाई वैकल्पिक व्यवस्था बिना नै हटाउने कार्य अन्यायपूर्ण भएको बताएका छन्।

साथै, उनले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको प्रयोग गरेर बस्ती खाली गराइएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com