काठमाडौं । वासिङ्टन डीसीस्थित एक होटलमा आयोजना गरिएको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा अचानक ठूलो आवाज सुनिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सेक्रेट सर्भिसका एजेन्टहरूले तत्काल सुरक्षित स्थानमा लगेका छन्।
शनिबार साँझ वासिङ्टन हिल्टन होटलको बैंक्वेट हलमा कार्यक्रम चलिरहेका बेला कुनै वस्तु पड्किएको जस्तो आवाज आएपछि सुरक्षाकर्मीहरू सक्रिय बनेका थिए। त्यसपछि राष्ट्रपतिलाई शीघ्र सुरक्षित स्थानतर्फ सारिएको हो।
घटनाका क्रममा खिचिएको भिडियोमा ट्रम्पसहित सहभागीहरू टेबलमुनि लुकेको देखिन्छ। हलमा उपस्थित मानिसहरूलाई तल बस्न र सुरक्षित रहन आग्रह गर्दै चिच्याएको समेत सुनिन्छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया