काठमाडौं । काठमाडौंको पेप्सीकोला क्षेत्रमा रक्सी सेवन गरेका एक व्यक्तिले गाडी तोडफोड गरेका छन्।
शनिबार राति करिब १ बजे ती व्यक्तिले होहल्ला गर्दै पार्किङमा राखिएका सवारी साधनमा क्षति पुर्याएको स्थानीयले बताएका छन्।
उक्त व्यक्तिलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
गाडी तोडफोडमा संलग्न व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया