कालिकोट । कालीकोट र बाजुराको सीमा क्षेत्र लैखुडाँडाको भिरमा जेसीबी दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको आशंका गरिएको छ ।
प्र न.३ ०१००३ क ६३११ नम्बरको जेसीबी सडकदेखि झन्डै १५० मिटरतल भिरमा अड्किएको स्थानीय बिमल धामीले जनकारी दिए ।
प्रारम्भिक जानकारीअनुसार जेसीबी चालक नरहरिनाथ गाउँपालिका–२ का २५ वर्षीय केशव विष्ट र सहचालक १८ वर्षीय महेश रावल सकुशल छन् । साइड इन्चार्ज जेसीबीभित्र चेपिएर रहेको प्रहरीले जनाएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ । जेसीबी दुर्घटना भएको स्थानमा पुग्न मुस्किल अवस्था रहेको उद्वारको लागि घटनास्थल पुगेका नेपाली सेनाका ल्यपटन प्रविन श्रेष्ठले बताए । उद्वारका लागि समस्या भएको उनको भनाइ छ ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया