काठमाडौं । संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा पार्टी सभापति गगनकुमार थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने र सोही बैठकबाट नाम टुंग्याउने तयारी गरिएको छ।

यसैगरी, दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार उक्त बैठकले नेता चयनसम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिँदै अनुमोदन गर्ने कार्यसूची तय गरिएको छ।

गत शुक्रबार नै नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भए पनि सहमतिको प्रयासका कारण प्रक्रिया स्थगित गरिएको थियो।

यसैबीच, कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्न चाहेका छन्।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com