काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक हजार ३०० रुपैयाँ वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चार हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५० रुपैयाँ वृद्धि भएर पाँच हजार ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया