एजेन्सी। इरानले अमेरिका समक्ष नयाँ कूटनीतिक प्रस्ताव अघि सारेको छ, जसमा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने र जारी द्वन्द्व अन्त्य गर्ने विषय समेटिएको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार, उक्त प्रस्ताव पाकिस्तानमार्फत मध्यस्थताको रूपमा अमेरिकासमक्ष पठाइएको हो । प्रस्तावमा तत्काल युद्धविराम घोषणा गर्दै होर्मुज जलडमरूमध्यबाट जहाज आवागमन पुनः सुचारु गर्ने व्यवस्था गरिएको छ । साथै, आणविक विषयमा हुने वार्तालाई पछि सार्ने सुझाव पनि समावेश गरिएको उल्लेख छ ।

advertisement

रिपोर्टमा एक अमेरिकी अधिकारी तथा विषयसँग जानकार अन्य स्रोतलाई उद्धृत गर्दै यस पहललाई क्षेत्रीय तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ । यद्यपि, प्रस्तावबारे इरान र अमेरिकाबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com