काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रका विविध विषयमा नेपाल–चीनबीचको सहयोग र सहकार्य विस्तारबारे छलफल गरिएको थियो । विशेषगरी विद्यालय पूर्वाधार सुदृढीकरण, पठनपाठनमा डिजिटल प्रणालीको प्रयोग तथा संस्थागत विकाससँग सम्बन्धित विषयमा कुराकानी केन्द्रित रहेको बताइएको छ ।

advertisement

त्यसैगरी, दुई देशबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, पारस्परिक सहयोग र समसामयिक मुद्दाहरूमा समेत विचार आदान–प्रदान भएको थियो ।

भेटका क्रममा मन्त्री पोखरेलले विद्यालय पूर्वाधार विकास, डिजिटल शिक्षाको प्रवर्द्धन तथा चीनसँगको सहकार्यलाई थप सुदृढ बनाउने नेपालको अपेक्षा व्यक्त गरे । साथै, शिक्षा क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न र नेपाली विद्यार्थीका रुचिअनुसार चिनियाँ छात्रवृत्ति अवसर विस्तार गर्न आग्रह गरे ।

राजदूत माओमिङले नेपाल सरकारबाट उठाइएका विषयमा सकारात्मक प्रतिक्रिया जनाउँदै चीन सरकार सहकार्य र साझेदारीका लागि तत्पर रहेको बताए ।

भेटमा दुवै पक्षले आपसी हितमा आधारित बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने सहमति व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com