काठमाडौं । डिस्ट्रीक्ट ३२५ ‘आई’ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं रञ्जना ब्रदर्शको चार्टर हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । उक्त क्लबका संस्थापक अध्यक्षका रूपमा लायन हरिकृष्ण दाहाल रहेका छन् ।
लायन्स क्लब अफ काठमाडौं रञ्जनाको प्रायोजनमा आयोजित उक्त चार्टर हस्तान्तरण कार्यक्रम काठमाडौं महानगरपालिका–मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सम्पन्न भएको हो ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएकी थीइन् । त्यस्तै, प्रा. डा. रामप्रसाद दाहाल र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) का प्रमुख कार्यकारी अधिकृत भिमप्रसाद गौतम विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
यस अवसरमा पीएमसीसी लायन मनबहादुर रोक्का, प्रथम उप–डिष्ट्रिक्ट गभर्नर (निर्वाचित) लायन सूर्यकुमार केसी, द्वितीय उप–डिष्ट्रिक्ट गभर्नर (निर्वाचित) लायन विष्णुप्रसाद भण्डारी, प्रो इन चिफ (मनोनित) लायन महेश पाण्डे तथा क्याबिनेट सचिव (वर्ष २०२६/०२७) लायन अनुज श्रेष्ठसहित विभिन्न लायन्स क्लबका पूर्व तथा वर्तमान पदाधिकारी, सञ्चारकर्मी र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमकै अवसरमा ऊर्जा तथा जलविद्युत् क्षेत्रसँग सम्बन्धित पत्रकारितामा करिब २५ वर्षदेखि सक्रिय रहँदै आएका तथा हाल ईप्पानका प्रमुख कार्यकारी अधिकृतका रूपमा ऊर्जा क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका भिमप्रसाद गौतमलाई सम्मान गरिएको थियो । उनले आफ्नो जन्मस्थल बेथानचोकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको पहिचान प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले लायन्स क्लबको सेवा भावना, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं रञ्जना (सन् २०२५/०२६) का अध्यक्ष लायन मुकुन्द अग्रवालले गरेका थिए ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार
प्रतिक्रिया