काठमाडौं। सुकुमवासी बस्तीहरूमा डोजर चलेपछि विस्थापित बनेका परिवारहरू सरकारको सम्पर्कमा आउन थालेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको हेल्प डेस्कमा सोमबार दिउँसोसम्म ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्।

advertisement

संकलित विवरणअनुसार हालसम्म ३ हजार ३ सय ६७ जनाले आफूलाई सुकुमवासीका रूपमा दर्ता गराएका छन्।

तीमध्ये करिब १५ सय बालबालिका रहेको जनाइएको छ।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका बस्ती हटाइएपछि त्रासमा परेका तथा आश्रयविहीन बनेका परिवारहरू सहयोगको खोजीमा सरकारको सम्पर्कमा आउन थालेका हुन्।

सरकारले आफ्नै आवास र खानपानको व्यवस्था गर्न नसक्ने परिवारहरूको तथ्यांक संकलन गर्न दशरथ रंगशालामा हेल्प डेस्क सञ्चालन गरेको छ।

त्यहाँ दर्ता भएका परिवारलाई आवश्यकताअनुसार पाँच वटा ‘होल्डिङ सेन्टर’ मा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

बस्ती हटाउने अभियानपछि प्रभावित परिवारहरूको व्यवस्थापन, पुनःस्थापना र राहतका विषयमा सरकारमाथि दबाब बढिरहेका बेला दर्ता प्रक्रिया तीव्र बनाइएको हो।

भिडियाे:

https://www.facebook.com/share/v/1EVKZBGVQA/

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com