काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन्।

नेपाल राष्ट्र बैंकको आज ७१औं वार्षिकोत्सवमा उनले सरल, नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने बैंकको प्रयास रहेको बताए।

advertisement

उनका अनुसार पछिल्लो समय पश्चिम एसियाको युद्धले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावको नियमित अध्ययन गरी सजग रहन आवश्यक छ।

गर्भनर पौडेलले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रको अवस्थाबारे समीक्षा गरेका थिए।

सो प्रतिवेदनमा अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को २०२६ अप्रिलका अद्यावधिक वल्र्ड इकोनोमिक आउटलुक (डब्लुइओ) का अनुसार विश्व अर्थतन्त्र बढ्दो अनिश्चितता र जोखिममा रहेको जनाइएको छ।

पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र यसबाट सिर्जित आपूर्ति अवरोध र इन्धनको मूल्य उतारचढावले विश्व अर्थतन्त्र प्रभावित भएको उनले बताए।

सोही कार्यक्रममा पूर्वगर्भनर डा. युवराज खतिवडाले देशको अर्थतन्त्रलाई बलियो बनाउने आधार आन्तरिक उत्पादनशील नै रहेको बताए।

उनले बाहिरी स्रोतले केही आर्थिक स्थितिमा सुधार देखिए जस्तो लागे पनि वास्तवमा त्यो दीर्घकालीन नभएको बताए। उनले भने, ‘देशको अर्थतन्त्र मोटाएको छैन, सुन्निएको हो।’

कार्यक्रममा बैंका सर्वोत्कृष्ट एक र अन्य उत्कृष्ट सात कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने २० वर्ष सेवा अवधि पूरा गरेका १७ कर्मचारीलाई दीर्घकालीन सेवा सम्मान प्रदान गरिएको थियो।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com