काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग भएका सरकारी सवारी साधन फिर्ता ल्याउन सुरु गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले दुरुपयोगमा रहेका सबै सवारी साधन मन्त्रालयमा फिर्ता ल्याउन निर्देशन दिएपछि उक्त प्रक्रिया अघि बढाइएको हो।
सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरेको जानकारी पाएपछि मन्त्रीले यस्तो कदम चालेकी हुन्।
फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएका छन्। अब ती गाडीहरू आवश्यकताअनुसार कानुनअनुसार मन्त्रालयका कर्मचारीहरूले प्रयोग गर्नेछन्।
कानुनअनुसार सहसचिव र सोभन्दा माथिका पदाधिकारीलाई मात्र सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था रहेको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया