काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
अध्यक्ष पदको सिफारिसका लागि गठित समितिले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूलाई आवश्यक विवरणसहित आवेदन दिन अनुरोध गरेको हो।
सूचना अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदनसँगै व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणित कागजात र तोकिएको ढाँचाको स्वघोषणा फाराम पनि संलग्न गर्नुपर्नेछ।
आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया