काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काएर जनतालाई बेघर बनाउने गतिविधिप्रति कडा आपत्ति जनाएका छन्।
आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै नागरिकलाई घरबारविहीन बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्।
उनले लेखेका छन्, विभिन्न बहाना बनाएर धनीपूर्जाको हवाला दिएर जनताको बासस्थान भत्काउने र बेघर बनाउने कृत्यलाई कुनै पनि हालतमा पुष्टि गर्न सकिन्न र पुष्टि गर्नु हुँदैन।
अध्यक्ष हर्कले वर्तमान सामाजिक तथा राजनीतिक परिस्थितिमा जनताको पक्षमा उभिनुपर्ने आवश्यकता रहेको पनि औँल्याएका छन्।
उनले भने, अरूलाई घाउ लाग्दा आफूलाई दुख्नु र सहयोगको भावना प्रकट गरी सकेको सहयोग र संघर्ष गर्नु नै हर्कवाद हो।
हर्क साम्पाङको यो अभिव्यक्तिलाई सर्वसाधारणको आवास अधिकार र सामाजिक न्यायको पक्षमा आएको सन्देशका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया