काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरीय भेला आह्वान गरेका छन्।

उनले वैशाख १७ गतेका लागि उक्त भेला तय गरेको जानकारी समूहका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारले दिएका छन्।

advertisement

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेलामा बागमती प्रदेशअन्तर्गतका बहालवाला तथा निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति तथा पूर्व जिल्ला सभापति, सांसद र पूर्वसांसद, प्रदेशसभा सदस्यहरूका साथै बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com