काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेपछि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश जारी गरेको हो। अदालतले पक्राउ तथा थुनाको कारण खुल्ने लिखित जवाफसहित उनलाई निर्धारित समयभित्र उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएको छ।

advertisement

यसअघि काठमाडौं जिल्ला अदालतले गोल्छामाथि थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले उक्त थुनाम्याद स्वीकृत गरेको हो। गोल्छालाई वैशाख १० गते सीआईबीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टद्वारा गरिएको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा गोल्छाको नामसमेत उल्लेख भएपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com