काठमाडौं। सिन्धुलीका श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको भनिएको रहस्यमय मृत्युको सत्यतथ्य छानबिन गर्न माग गर्दै दलित अधिकारकर्मीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा दलित सांसद, दलित नागरिक समाज तथा संयुक्त राजनीतिक दलित संघर्ष समितिबीच समन्वय बैठकपछि उक्त मागसहित सरकारलाई ज्ञापनपत्र बुझाइएको हो। त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि ज्ञापनपत्र बुझाइएको बताइएको छ।

advertisement

बैठकमा सहभागी सांसद तथा दलित अधिकारकर्मी गणेश विश्वकर्माले घटनाबारे विस्तृत जानकारी दिँदै श्रीकृष्ण विकको मृत्यु आत्महत्या नभई सुनियोजित हत्या भएको दाबी गरेका छन्।

त्यसैगरी पूर्वराजदूत पदम सुन्दासले आक्रोश व्यक्त गर्दै “सरकारले दलितलाई कहिलेसम्म मार्ने, भन्दै प्रश्न उठाएका छन्। उनले घटनालाई गम्भीर रूपमा लिएर पीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

सांसद विकेले पनि श्रीकृष्ण विकको घटनामा निष्पक्ष र सत्यतथ्य छानबिन नभए दलित समुदाय सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

यसअघि गत वैशाख १० र ११ गते सिन्धुलीको खुर्कोट र जिल्ला सदरमुकाममा सांसद, अधिकारकर्मी तथा पत्रकारहरूले अनुगमन गरेका थिए। त्यसपछि संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा वैशाख १२ गते काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण दबाब कार्यक्रम समेत गरिएको थियो।

सोमबार राजधानीमा पुनः समन्वयात्मक बैठक आयोजना गर्दै दलित अधिकारकर्मीहरूले श्रीकृष्ण विकलाई न्याय दिलाउने विषयमा विस्तृत छलफल गरेका छन्।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com