एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातापछि पहिलो पटक प्रति ब्यारेल ११० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि भइरहेको वार्ता निष्कर्षमा नपुगेको आशंकाले बजारमा चिन्ता बढेपछि तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो।

advertisement

मंगलबार बिहानको कारोबारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड २.७ प्रतिशतले बढ्दै प्रति ब्यारेल १११.०२ डलरमा पुगेको छ। त्यस्तै, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) पनि २.३ प्रतिशतले वृद्धि भई ९८.०५ डलरमा कारोबार भएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको पछिल्लो प्रस्ताव स्वीकार हुने सम्भावना कमजोर रहेको संकेत दिएका छन्। उक्त प्रस्तावमा होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषय समावेश भए पनि इरानको आणविक कार्यक्रमबारे निर्णय पछि गर्ने उल्लेख गरिएको छ।

अमेरिकी लगानी बैंक जेफ्रीजका युरोपेली प्रमुख अर्थशास्त्री मोहित कुमारका अनुसार, मध्यपूर्वमा जारी अस्थिरता र होर्मुज जलडमरूमध्य बन्द रहनुले विश्व तेल आपूर्तिमा दबाब सिर्जना गरेको छ। उनका अनुसार यो मार्ग लामो समय अवरुद्ध रह्यो भने विश्व अर्थतन्त्रमा थप नकारात्मक प्रभाव पर्ने सम्भावना रहन्छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com