मस्को। युक्रेनले गरेको ड्रोन आक्रमणले रुसको तुआप्से तेल रिफाइनरीमा ठुलो आगलागी भएको छ, जसका कारण नजिकका भवनहरू खाली गरिएका छन्।
स्थानीय अधिकारीहरूले मंगलबार घटनाबारे जानकारी दिएका हुन्।
यो रिफाइनरी रुसी ऊर्जा कम्पनी रोसनेफ्टद्वारा सञ्चालित थियो।
यहाँ मुख्य रूपमा निर्यातका लागि तेल उत्पादन हुन्थ्यो।
उद्योग स्रोतका अनुसार यसले अप्रिल १६ मा ड्रोन आक्रमणपछि नै सञ्चालन रोकेको थियो।
क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्राटिभले टेलिग्राममार्फत रिफाइनरीमा ड्रोन आक्रमणपछि ठुलो आगलागी भएको पुष्टि गरेका छन्।
तुआप्से जिल्लाका प्रमुख सर्गेई बोयकोले आगो फैलिने जोखिमका कारण रिफाइनरी नजिकका सडकहरू खाली गर्न आदेश दिएका छन्।
यसअघि पनि सोही क्षेत्रमा भएको आक्रमणले समुद्रमा तेल चुहावट भएको थियो।
त्यसपछि लागेको आगो धेरै दिनसम्म नियन्त्रणमा आउन सकेको थिएन।
आगलागीबाट बनेका कणहरू वर्षासँग मिसिएर टर्मिनल आसपास कालो तह बनेपछि स्थानीय प्रशासनले बासिन्दालाई घरभित्र बस्न, झ्याल बन्द राख्न र सतह सफा गर्न आग्रह गरेको थियो।
तुआप्से रिफाइनरीको वार्षिक उत्पादन क्षमता करिब १ करोड २० लाख मेट्रिक टन छ।
यसले नेफ्था, डिजेल, इन्धन तेल र अन्य पेट्रोलियम उत्पादन गर्छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया