काठमाडौं। सरकारले संसद् अधिवेशन रोक्दै दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।
संसद् अधिवेशन आह्वान भएको भोलिपल्ट नै सरकारले अधिवेशन स्थगनका लागि सिफारिस गरेको थियो।
सोहीअनुसार राष्ट्रपतिको कार्यालयले अधिवेशन स्थगनको सूचना जारी गरेको थियो।
यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो।
त्यसपछि वैशाख ९ गते राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए। तर, वैशाख १० गते नै सरकारले अधिवेशन स्थगनको निर्णय गरेको थियो।
अहिले संसद् सञ्चालनको अनिश्चितताबीच सरकारले अध्यादेश ल्याएको विषय राजनीतिक रूपमा चासोको केन्द्र बनेको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया