काठमाडौं। काठमाडौं महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।

आज ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको हो।

advertisement

ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com