काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रहरूमा व्यापक बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

advertisement

कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना पनि रहेको छ। साथै तराईका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।

रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com